डोनाल्ड ट्रम्पले टिकटकमा एकाउन्ट बनाए, दुइदिनमा ४८ लाख फलोअर्स पुगे

Share News

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा एकाउन्ट बनाएका छन् । कुने समय उनले अमेरिकामा यसलाई प्रतिबन्ध लगाउन चाहेका थिए । टिकटकमा आएको केही घण्टामै ट्रम्पका फलोअर्सको संख्या १० लाख नाघेको थियो भने अहिलेसम्म ट्रम्पका फलोअर्सको संख्या ४८ लाख पुगेको छ ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो । टिकटकमा ट्रम्पको आईडी @realdonaldtrump रहेको छ। आईडी भएपछि ट्रम्पले एउटा भिडियो सेयर गरेका छन् जसको भ्युज ७ करोड ५६ लाख नाघेको छ । ट्रम्पले उनले अमेरिकी जनतासँग कुरा गर्नका लागि उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका छन् ।

२०२० मा, उनि राष्ट्रपति हुँदा टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अदालतले रोकेको थियो । उनले मार्चमा कि यो प्लेटफर्म राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भनेका थिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।