पोथीलाई लोभ्याउन ‘इन्जिनियर’ चराले बनाएका गुँडहरू ! [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको बल्खुमा नेकपा एमालेको पुरानो पार्टी कार्यालय नजिकैको एक रुखमा गुँडहरू बनाइएका छन् । ती गुँडहरू बनाएका हुन् ‘चराहरूको इन्जिनियर’ भनिने तोप चराले । गुँडको भित्र र बाहिर चरा पनि देखिन्छन् ।  

पहिले उपत्यकाका विभिन्न क्षेत्रमा देखिने यी चरा र गुँड अहिले भने कम देखिन थालेका छन् । 

भाले तोप चराले पोथीलाई आकर्षित गर्न गुँड बनाउने गरेको चरासम्बन्धी जानकार बताउँछन् । जानकारका अनुसार पोथी तोप चरा आफूलाई मन परेको गुँडमा बस्ने भएकाले भाले चराले निकै मेहनत गरी गुँड बनाउने गर्छन् । तोप चराले ती गुँड प्रजनन्का लागि प्रयोग गर्ने गरेका छन् ।

जानकारका अनुसार पोथी तोप चरा आफूलाई मन परेको गुँडमा बस्ने भएकाले भाले चराले निकै मेहनत गरी गुँड बनाउने गर्छन् ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।