भारतको प्रधानमन्त्रीका लागि मोदिको तेस्रो कार्यकाल शुरू, लिए सपथ

Share News

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीपदको सपथ लिएका छन् । शपथ ग्रहण का लागि मोदी राष्ट्रपति भवन पुगेका थिए । मोदीसँगै जयशंकर सहित केहि मन्त्रीले समेत सपथ लिंदैछन् । जपाका सबै गठबन्धनका मन्त्रीहरुको शपथको लागि आवहान गरिएको छ। 

लोकसभा चुनावको नतिजा आएपछि अब १८औँ लोकसभाको गठनको प्रक्रिया शुरु भएको छ । प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा भारतका छिमेकी राष्ट्रका नेताहरु सहभागी हुनेछन् ।माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जुगनाथ, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भुटानका प्रधानमन्त्री लगायतको सहभागिता रहेको छ । सपथ ग्रहण कार्यक्रममा नेताका अलावा देशका फिल्मी कलाकारको पनि उपस्थिति रहेको थियो । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।