महिलालाई व्यावसायिक अचार बनाउने तालीम

Share News

चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ का महिलालाई उद्यमी बनाउन व्यवसायिक अचार बनाउने तालीम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नारी जागरण केन्द्र, रत्ननगरले आयोजना गरेको सो तालीममा १० प्रकारका अचार बनाउन सिकाइएको थियो ।

सहभागीलाई वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा सदस्य शारदा न्यौपाने र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा वडाध्यक्ष घिमिरेले शीप विकासमार्फत महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालीम प्रदान गरिएकोले यसलाई आर्थिक उपार्जनको आधार बनाउन आग्रह गरे ।

केन्द्रकी अध्यक्ष खनालले नारी जागरणले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको भन्दै स्थानीय सरकारसँगको सहकार्यमा शीपमूलक तालीम सञ्चालन गरिएको बताइन् । तालीममा ६ जना एकल महिला, ६ जना दलित महिला सहित २२ जनाको सहभागिता थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।