सिटिजन्स बैंकद्वारा विद्यालयलाई फर्निचर सहयोग

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको मोहन्यालस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको र करीब एक हजार विद्यार्थी अध्ययनरत ती विद्यालयमा बैंकले सो सामग्री सहयोग गरेको हो ।

बैंकको यो सहयोगबाट ती विद्यालयका विद्यार्थीको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।