पोखरामा समृद्धि फाइनान्सको नि:शुल्क स्वास्थ्य जाँच शिविर

Share News

काठमाडौं। समृद्धि फाइनान्सको पोखरा शाखाले शनिवार ‘एकदिने नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर’ सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–४ शहरी स्वास्थ्य केन्द्र र वडा कार्यालयको सहयोग तथा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य जाँचमा २६४ जनाले नि:शुल्क सेवा लिएको बताइएको छ ।

शिविरमा डा. अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए । संस्थाले हाल १३ शाखामार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यस्तै मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा समेत नि:शुल्क रूपमा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।