काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट फाइभके’ परियोजनाका साथ ‘विश्व वातावरण दिवस २०२४’ मनाएको छ । सो पहलमार्फत बैंकले देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखि ८ सम्म एक हप्ता बैंकले विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थासँगको सहकार्यमा करीब ६ हजार रुख रापेको बताइएको छ ।
बैंकले विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा वृक्षरोपण गरेको हो । प्रोजेक्ट फाइभकेसँगै बैंकले सोही सन्दर्भमा आफ्नो ‘एभोइडेड इमिसन रिपोर्ट’ पनि सार्वजनिक गरेको थियो ।
प्रतिवेदनले नवीकरणीय ऊर्जा विशेषगरी जलविद्युत्मा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको मूल्यांकनलाई देखाएको थियो । यस क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५ हजार १३४ दशमलव १८ टन कार्बन उत्सर्जन हुनबाट जोगाएको प्रतिवेदनमा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।