सिटिजन्स बैंक र स्पर्श मल्टीस्पेसियालिटी हस्पिटलबीच समझदारी

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्जस्थित स्पर्श मल्टीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको छूट पाउने बताइएको छ । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाईबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।