ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा छूट

Share News

चितवन। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई चितवनको सौराहास्थित होटल आइकावा इन प्रालिले छूट दिने भएको छ । बैंक र होटलबीच होटलका सेवामा बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको हो । समझदारी अनुसार बैंकका ग्राहकले होटलका सेवामा १० देखि १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए । बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।