काठमाडौं। ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड र ग्लोबल आइएमई बैंकबीच व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ । बैंकको नक्साल शाखाका प्रबन्धक पवनकुमार पौडेल र ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सहमति अनुसार बैंकका कर्मचारी तथा ग्राहकलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजमा रू. १० हजारसम्मको छूटका साथै अन्य विभिन्न आकर्षक सुविधा उपलब्ध गराउने बताइएको छ । यस्तै कम्पनीका कर्मचारी एवं ग्राहकले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरीदमा रू. ५०० बराबरको छूट लगायत अन्य विविध सेवामा अफर प्राप्त गर्ने बताइएको छ । सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापमा सहकार्य गर्ने सहमति भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।