आइएमई स्थापनाको २४ वर्ष प्रवेश : सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता

Share News

काठमाडौं। रेमिट्यान्स सेवा प्रदायक संस्था ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा भएको छ । स्थापनाको २४औं वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधवार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा आइएमईका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्त्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा आइएमईले योगदान पुर्याएको बताए । 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देशमार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाको माध्यमबाट ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसै गरी आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।