गुहेश्वरी मर्चेन्टको २२औं वार्षिकोत्सव सम्पन्न

Share News

काठमाडौंगुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने सम्झौता गरेको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

संस्थाले हाल २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले एटीएम सेवा, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, ईसीसी, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, सेफ डिपोजिट लकर सुविधा, टपअप सुविधा, विभिन्न विप्रेशण सेवा तथा डीपी सेवा र सीआस्बा सेवा प्रदान गर्दैैै आएको छ । संस्थामा व्यक्तिगत निक्षेप खातामा रू. ५ लाखसम्मको सुरक्षणको व्यवस्था रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।