एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर मे महीनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बिहीवार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मेमा ४ प्रतिशतले घटेको हो ।
अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी)ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षाअनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसको बेरोजगारी घटेको बताएको छ ।
अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिस काम शुरु गर्न चाहेकोमा मे महीनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसले जागिर शुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाए । 'अहिले लगभग छ लाख बेरोजगार व्यक्ति भएता पनि महामारीअघि मार्च २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्ति छन्,' विज्ञप्तिमा उल्लेख छ । रोजगारीमा वृद्धिका बावजुद अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ ।
जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताए। बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए ।
सहभागिता दरले काम गर्ने उमेरको जनसङख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रिय रूपमा काम खोज्ने सङख्या ६६.८ प्रतिशतमा स्थिर रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।