ज्येष्ठ नागरिकलाई समृद्धि फाइनान्सको सम्मान

Share News

काठमाडौं। समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले बुधवार कपिलवस्तुको शिवराज नगरपालिकाका ४० जना ज्येष्ठ नागरिकलाई बचतको बानी तथा त्यसले भविष्यमा जीवनयापनमा सघाउने विषयमा जानकारी गराएको थियो । सो अवसरमा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरको बारेमा छलफल गर्दै उपस्थित ज्येष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

संस्थाले हाल १३ शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा नि:शुल्क रूपमा प्रदान गरिरहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।