जी-७ देशहरूले युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता दिने

Share News

एजेन्सी । जी-७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने भएका छन्। यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइने फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीले जानकारी दिएको अन्तरराष्ट्रिय सञ्चार माध्यामले बताए। जी-७ देशहरूले युक्रेनलाई रूसी पैसाबाट मात्र मद्दत गर्नेछन् ।

रुसको कब्जामा लिइएको ३२५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै युक्रेनलाई सहयोग गर्ने विषयमा जी-७  देशहरूले विचार गरिरहेका छन्। रुसको सेन्ट्रल बैंकसँग रहेको रुसको ३२५ अर्ब डलर जी७ देशले कब्जा गरेको छ । यो रकमबाट किभलाई ५० अर्ब डलर ऋण दिईनेछ ।

युक्रेनले यो रकम रुससँगको युद्धमा प्रयोग गर्ने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हामि पछि नहट्ने भन्दै रुसलाई यो अर्को चेतावनी रहेको बताएकाछन् । रुसले यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने बताएको छ। यो रकम यो वर्षको अन्त्यसम्म आइपुग्छ भन्ने अपेक्षा गरिएको छैन । तर यसलाई युक्रेनलाई युद्धको तयारी गर्न र आफ्नो अर्थतन्त्रलाई सहयोग गर्ने दीर्घकालीन समाधानको रूपमा हेरिएको छ।

इटालीमा चलिरहेको जी-७ शिखर सम्मेलनमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षे दुईपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताले युक्रेनका लागि अमेरिकी सैन्य र प्रशिक्षण सहयोग प्रदान गर्दछ तर युक्रेनमा लड्न अमेरिकाले सेना पठाउनै पर्छ भन्ने कुरा भने छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।