महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छूट दिन विभिन्न स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छूट प्राप्त गर्न सक्ने बताइएको छ । 

सम्झौताअनुसार बैंकका ग्राहकले पोखराको लेखनाथ सिटी हस्पिटलमा २५ प्रतिशतसम्म, ओरो प्लस डेन्टल क्लिनिक ललितपुरमा १० प्रतिशतसम्म, ए एण्ड ए हेल्थ क्लब बुटवलमा १९ प्रतिशतसम्म र एनजी मार्केट्स तिलोत्तमा रूपन्देहीका सेवामा १० प्रतिशतसम्म छूट पाउने बताइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखामार्फत वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।