काठमाडौं। सिद्धार्थ बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिद्धार्थ रिवाडर्स’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस कार्यक्रमअन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी खरीद गर्दा र मोबाइल बंैकिङबाट गरिएकोे टपअपको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताइएको छ ।
यसरी आर्जन गरेको पोइन्ट्सलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाको भुक्तानीमा नगदको सट्टा प्रयोग गर्न सकिने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले यो सेवाले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको शुरुआत गरी ग्राहकको बैंकिङ अनुभवलाई थप गुणस्तरीय बनाउन मद्दत पुर्याउने बताए । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर विभिन्न समयमा ग्राहकमैत्री सेवा ल्याउँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।