काठमाडौं। कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियशन प्रालि (उप्स नेपाल) धुम्बाराही काठमाडौंबीच बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क ‘उप्स नेपाल’को गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेल खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिचार्ज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सक्ने बताइएको छ । यस सुविधाबाट ग्राहकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै थप मनोरञ्जन प्राप्त गर्नेमा बैंक विश्वस्त रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।