भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको ज्यान गयो, १०० भन्दा बढी अस्पताल भर्ना

Share News

तमिलनाडु (भारत) । तमिलनाडुको कल्लाकुरिची जिल्लामा अवैध देशी मदिरा सेवनबाट अहिलेसम्म ३४ जनाको ज्यान गएको छ । योसँगै अस्पतालमा एक सयभन्दा बढी व्यक्ति भर्ना छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार अवैध देशी मदिरा सेवनका कारण १०९ जना बिरामी भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अवैध मदिरा विक्री गरेको अभियोगमा प्रहरीले ४९ वर्षीय के गोविन्दराज उर्फ कन्नुकुटीलाई पक्राउ गरेको छ । प्रहरीले रक्सीको नमूना विल्लुपुरमको फरेन्सिक प्रयोगशालामा पठाएको थियो, जहाँ रक्सीमा विषाक्त मिथेनोल रहेको भेटिएको छ ।

तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारलाई जनही १० लाख र उपचार गराइरहेकालाई ५०-५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । घटनाको छानबिन गर्न पूर्वन्यायाधीश बी गोकुलदाससहित एक सदस्यीय आयोग गठन गरी ३ महीनाभित्र प्रतिवेदन बुझाउने घोषणा गरिएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।