चितवन ट्राफिकको ११ महीनाको राजश्व करीब तीन करोड, ३९ हजार बढी सवारीलाई कार्वाही

जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवन । तस्विर: सूर्यप्रसाद अधिकारी/आर्थिक अभियान

Share News

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ०८०/ ८१को ११ मनिामा झण्डै तीन करोड राजश्व संकलन गरेको छ । कार्यालयले चालु आबको साउन देखि जेठ सम्म कुल २ करोड ८५ लाख ४५ हजार राजश्व संकलन गरेको हो । 

सबैभन्दा बढी संकलन पुषमा 

कार्यालयले ११ महीनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन पुष महीनामा गरेको छ भने सबैभन्दा कम संकलन कात्तिकमा गरेको छ । जसअनुसार पुषमा २८ लाख ९८ हजार ५ सय रुपैंया र कात्तिकमा २० लाख २५ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । यस्तै कार्यालयले साउन महीनामा २४ लाख ३१ हजार ५ सय, भदौमा २३ लाख ७० हजार ,असोजमा २८ लाख ७७ हजार , मंसीरमा २६ लाख ६६ हजार ५ सय र माघमा २८ लाख ६२ हजार ५ सय रुपैंया संकलन गरेको छ । यस्तै कार्यालयले फागुन महीनामा २६ लाख ९४ हजार रुपैंया, चैत्रमा २४ लाख ९७ हजार, बैशाखमा २५ लाख २० हजार र जेठ महीनामा २७ लाख २ हजार ५ सय रुपैंया संकलन भएको छ । 

कार्यालयले ११ महीनाको अवधिमा ३९ हजार १४६ ओटा सवारी साधनलाई कारवाही गरेको थियो । 

सबैभन्दा बढी सवारी कारवाही असोजमा

कार्यालयका अनुसार सो अवधिमा सबैभन्दा बढी कारवाही असोज महीनामा भएको थियो भने कम कात्तिक महीनामा भएको छ । जसअनुसार असोज महीनामा ४ हजार १२९ ओटा सवारी साधन कारवाहीमा परेका थिए भने कात्तिकमा २ हजार ८४० ओटा सवारी साधन कारवाहीमा परेका थिए । यस्तै साउन महीनामा ३ हजार ४६१ ओटा, भदौमा ३ हजार ५५३ ओटा र मंसिरमा ३ हजार ६२९, पुषमा ४ हजार ७ ओटा सवारी साधन कारवाहीमा परेका छन । यस्तै माघ महीनामा ३ हजार ८६९, फागुनमा ३ हजार६१७ ओटा, चैत्रमा ३ हजार २५७ ओटा , बैशाखमा ३ हजार २७७ ओटा र जेठमा ३ हजार ५०७ ओटा सवारी साधन कारवाहीमा परेको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख ट्राफिक प्रहरी इन्स्पेक्टर सुरेश सुबेदीले कारवाहीको संख्या सँगै गल्तीको प्रकृति अनुसार जरीवाना गरिने बताए । ‘सवारी र चालकको गल्तीको प्रकृति र कतिपटक गल्ती गर्यो भन्ने आधारमा पनि जरीवाना तोकिने गर्छ ।’ उनले भने , पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम मात्र जरीवाना गर्न पाईन्छ । यसअघि ट्राफिक प्रहरीले अधिकतम सम्म चार्ज गर्ने गर्थे ।’ 

हालका बर्षमा पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम जरीवाना गरिने नियम भएकोले यस बर्षको राजश्व अघिल्ला बर्षभन्दा केही घटेको उनको भनाई छ । चितवन भएर दैनिक २२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।