काठमाडौं। समृद्धि फाइनान्सको औरही शाखाले आफ्नो पहिलो बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले औरही नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्विजीवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहनालाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको बताइएको छ । समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा नि:शुल्क प्रदान गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।