एनआईसी एशिया लघुवित्तको ‘आँखा स्वास्थ्य शिविर’ सम्पन्न

Share News

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत गतहप्ता बाराको परवानीपुरस्थित शाखामा ‘आँखा स्वास्थ्य शिविर’ सञ्चालन गरेको छ । गरीब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । नि:शुल्क चेक जाँच, नि:शुल्क औषधि वितरण तथा नि:शुल्क मोति विन्दुका शल्यक्रिया सेवा प्रदान गरिएको थियो । 

यस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने केडिया आँखा अस्पताल वीरगञ्जका डाक्टर तथा स्वाथ्यकर्मी, सुरक्षामार्फत सहयोग गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधि लगायत यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै व्यक्तित्वलाई बैंकले धन्यवाद दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।