ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा छूट

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छूट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले हस्पिटलमा उपलब्ध हुने सेवामा १० देखि ३० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले हस्पिटलको कुपण्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा उक्त छूट पाउने छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।