सिटिजन्स बैंकका ग्राहकलाई शितल चौतारीमा छूट

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच बैंकका ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले शितल चौतारीका सेवामा १४ प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । 

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।