काठमाडौं। समृद्धि फाइनान्सका ग्राहकले काठमाडौंको बागबजारस्थित क्यापिटल हस्पिटलका सेवामा छूट पाउने भएका छन् । दुई संस्थाबीच भएको समझदारीअन्तर्गत फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावालाले आगामी २ वर्षसम्म समृद्धि मोबाइल बंैकिङ र डेबिट कार्ड प्रयोग गरी हस्पिटलको सेवामा भुक्तानी गर्दा छूट पाउने भएका हुन् । समझदारीपत्रमा फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र हस्पिटलका प्रबन्ध निर्देशक प्रा.डा. अशोकरत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणका लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छूट पाइनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।