सवारी अनुमतिपत्रबाट कञ्चनपुरमा ७४ लाख राजस्व सङ्कलन

Share News

महेन्द्रनगर (कञ्चनपुर) । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा ४ हजार ४०० जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । 

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर रु ७४ लाख राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।