काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीअनुसारी सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १०% सम्मको छूट पाउनेछन् ।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले देशैभर फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।