थलीमा लक्ष्मी सन्‍राइज बैंकको स्थानान्तरित शाखा

Share News

काठमाडौं। लक्ष्मी सन्राइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा स्थानान्तरित शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंको बौद्धमा रहेका दुई शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ स्थित थलीमा शाखा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखामार्फत सेवा लिन सक्नेछन् । शाखा स्थानान्तरण भएसँगै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच थप सहज बन्ने विश्वास बैंककोे छ । स्थानान्तरीत शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ । बैंकले २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।