महालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा निरन्तर

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंकले फोनपेसँगको सहकार्यमा ल्याइएको क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधालाई निरन्तरता दिने भएको छ । यसअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै, भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा तत्काल, सुरक्षित र सुविधाजनक तरीकाले भुक्तानी गर्न सक्ने बताइएको छ । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।