काठमाडौं। एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्स विना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहने सुविधामा लागि साझेदारी गरेका हुन् ।
एनसेलले मेटासँगको सहकार्यमा दुई प्रडक्ट फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको हो । विशेषगरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो सान्दर्भिक हुने बताइएको छ । डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउने बताइएको छ । फेसबुक बेसिक मोडमा डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोसहितको फेसबुक चलाउन सकिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।