टीभीएस एनटर्क ‘वुमन इन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ सम्पन्न

Share News

काठमाडौं। निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वुमन इन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा गरिएको छ । यो वर्ष प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छिन् । उनले टीभीएस एनटर्क १२५ सँगै रू. १ लाख जितेकी हुन् । उनले फाउण्डेसनको वुमन इन कन्सर्टसँग दुई गीत, एउटा म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छिन् । 

प्रतियोगितामा रिदम राइ दोस्रो र सुजिता डंगोल तेस्रोे भएकी छिन् । कन्सर्टको शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदीयमान महिला कलाकारलाई प्रवर्द्धन गर्दै उनीहरूलाई प्लेटफर्म प्रदान गर्दै आएको छ । रक ब्यान्ड अभया र स्टीम इन्जिनकी गायिका अभया सुब्बाद्वारा स्थापना गरिएको वुमन इन कन्सर्ट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारको हितमा काम गर्दै आएको छ । यो ट्यालेन्ट हन्टको दोस्रो संस्करण हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।