जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

फाइल तस्वीर ।

Share News

भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । 

आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरू भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । 'गत आव २०७९/८० को तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ”, उनले भने । गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा सेवा करवापत रु सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु एक लाख १७ हजार नौ सय छ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।