हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार ढलेको छ । आइतबार बसेका प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेको बताइए पनि अन्तिम समयमा जम्कट्टेलले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
जम्कट्टेलले विश्वासको मत लिने भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएपछि उनले राजिनामा दिएका हुन । राजिनामा दिंदै उनले नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गरिदिएको बताए ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिना पछि २४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।