बागमतीको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस, कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा पनि टुंगियो

फाइल तस्वीर ।

Share News

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।  नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हुन्।

नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारीसमेत भइरहेको छ ।

बागमती सरकारमा कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत टुंगिएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।

त्यस्तै, एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको छ ।

केन्द्रमा पुरानो समीकरण भत्किएपछि प्रदेशमा समेत त्यसको असर परेको हो । पुरानो समीकरण अनुसार बनेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरूलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गरेका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।