काठमाडौं। नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरीद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरीद गर्न सक्ने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनसेलका प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने अपेक्षा गरे । एनसेलका प्रमुख कार्यकारी अधिकृत केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । एनसेलका ग्राहकले नबिलको पोस, पेमेन्ट गेटवे र एनबैंक गरी तीनओटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।