काठमाडौं । चालू आवको मौद्रिक निति सार्वजनिक पछि आइतवार खुलेको बजार ४ दशमलव ४१ प्रतिशत अर्थात ११३ दशमलव ४२ अंक बढेर बन्द भएको छ । कारोबार समयमा २ हजार ७०० को विन्दु सम्म पार गरेर फर्किएको नेप्से परिसूचक २ हजार ६८१ दशमलव ५६ विन्दुमा पुगेर बन्द भयो । मौद्रिक नीति, लचिलो, सहज र लगानीमैत्री आएको भन्दै लगानीकर्ता उत्सहित भएका छन् । त्यस्तै संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाइएपछि शेयर बजारमा थप रौनकता देखिएको छ ।
आज बजार खुलेदेखि नै बैंकिङ समूहको सूचक सबैभन्दा बढी ९ दशलमव ८९ प्रतिशत बढेको छ । यस दिन इन्ट्रा डेमा २ पटकसम्म नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । बैंकिङ समूह उच्च दरले बढेपछि सकारात्मक सर्किट लागेको हो । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो । त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनुजस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भएका हुन।
यस दिन सेन्सेटिभ इन्डेक्स ५ दशलमव ८२ प्रतिशत,फ्लोट इन्डेक्स ५ दशमलव ०३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ६ दशलमव ५६ प्रतिशत वृद्धि भएको छ ।
३१८ धितोपत्रको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटकमा रू. १५ अर्ब ८१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये १२ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल ,प्राइम कमर्सियल बैंक,कृषि विकास बैंक, नेपाल बैंक,उपकार लघुवित्त वित्तीय स.स्था र हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
आइतवार सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ३५ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू.१ हजार ८९० मा झरेको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ५ दशमलव ७१ प्रतिशत घटेर रू. ९ दशमलव ४१ कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा कुमारी बैंकले ओगटेको छ । यस कम्पनीको रू. ३६ करोड १० लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २१२ दशमलव ४० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३४ करोड ८१ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५२ पुगेको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये लघुवित्त समूहको सूचक शून्य दशलमव १८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी बैंकिङ समूहको सूचक ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा लगानी समूहको सूचक ५ दशलमव ७५ प्रतिशत,विकास बैंक समूहको ४ दशमलव ८७ प्रतिशत र जीबन बीमा समूहको सूचक ४ दशमलव २४ प्रतिशत वृद्धि भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।