आज चौंथो राष्ट्रिय कोदो दिवस: ललितपुरको खोकनामा कोदो राप्दै कृषि मन्त्री - तस्वीरहरू

संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले कोदो रोप्दै । तस्वीर : आर्थिक अभियान

Share News

काठमाडौं । आज देशैभर चौंथो राष्ट्रिय कोदो दिवस मनाइदै छ । सोही अवसरमा ललितपुरको खोकनामा आयोजना गरिएको कोदो रोप्ने कार्यक्रमा पुगेका संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले कोदो रोपेका छन् । 

रैथाने बालीका रूपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि किसान समूह र सरोकारवाला निकायले कोदो दिवस मनाउन थालेका हुन् । तथापि २०२३ देखि अन्तर्राष्ट्रियरूपमा दिवस मनाउने घोषणा पनि भइसकेको छ । २०७७ सालदेखि दिवसकै रूपमा मनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस् : कोदो उत्पादन निरन्तर बढ्दै

लगभग ५ हजार वर्ष पहिले पुर्वी अफ्रिकी मुलुक इथियोपियाबाट उत्पत्ति भएको कोदो ४ हजार वर्ष अघि भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । विश्वका २५ भन्दा बढी अफ्रिकी  र एशियाली देशहरुमा यसको खेती हुने गरेको छ । नेपालको सन्दर्भमा कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने बाली हो । हाम्रो देशको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मान्न सकिन्छ । 

तस्वीर : प्रशान्त खड्का/आर्थिक अभियान

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।