काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र कतारस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जका १७ ओटा शाखा तथा रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका शाखा तथा आइएमई लिमिटेड र जीएमई रेमिटका ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिने बताइएको छ । साथै सम्झौताअनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।