ढाका (बंगलादेश) बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले संसद भंग गर्ने आदेश दिएका छन् ।
राष्ट्रपति कार्यालयले मंगलवार (आज) जारी गरेको सूचनाअनुसार राष्ट्रपति शहाबुद्दीनले तीनओटै सेनाका प्रमुख, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र विद्यार्थी आन्दोलनका नेतासँग छलफलपछि उक्त निर्णय गरेका हुन् ।
चुनाव सम्पन्न भएको सात महिनामै संसद भंग भएको हो । बंगलादेशमा गत जनवरी ७ मा चुनाव भएको थियो ।
गत जुलाईबाट जारी आन्दोलनमा भएका पछिल्ला प्रदर्शनमा प्रधानमन्त्रीको राजीनामाको माग उठेपछि प्रधानमन्त्री शेख हसिना गत सोमवार देश छाडेर भारत पुगेकी छन् । उनी देश छाडेर गएपछि त्यहाँ अन्तरिम सरकार गठनबारे चर्चा चलिरहेको छ ।
यसअघि गत सोमवार राष्ट्रपति शहाबुद्दीनले बीएनपी नेता खालिदा जियालगायत विपक्षी नेतालाई जेलबाट रिहा गर्ने आदेश दिएका थिए । बीबीसीको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।