काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

Share News

मलेखु (धादिङ) । पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । 

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । 

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं जाँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाअध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए । रासस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।