कीर्तिमान कायम गरेको दोस्रो दिन घट्यो सुनको भाउ

Share News

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधवार (आज) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन भने सुनको भाउमा कीर्तिमान कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँ घटेर १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलवार भने चाँदी तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको थियो ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।