सडक डिभिजनले बनायो दुई पक्की पुल

Share News

जनकपुरधाम। गत आर्थिक वर्ष २०८०/८१ मा सडक डिभिजन कार्यालय, जनकपुरधामले दुईओटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । गत आवमा कार्यालयले ५ ओटा पुल निर्माणको लक्ष्य लिएको थियो । कार्यालयले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ मा रू. २ करोड ५० लाखमा पक्की पुल निर्माण गरेको कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी सञ्जयकुमार यादवले बताए । यस्तै अंकुशे खोला पुल रू. २ करोड ७ लाखमा निर्माण सम्पन्न गरिएको जानकारी उनले दिए । 

कार्यालयले गत आवमा नयाँ सडक ७ किमी निर्माण गर्ने लक्ष्य लिएकोमा ३ दशमलव ४६ किलोमिटर मात्र कालोपत्र गरेको छ । गत आवमा २ किलोमिटर सडक ग्राभेल गरिएको यादवले बताए । कार्यालयका अनुसार गतवर्ष सडक मर्मतसम्भारका लागि रू. ९ करोड बजेट रहेकोमा ६ करोड ७२ लाख खर्च भएको छ । कार्यालयले धनुषा र महोत्तरी कार्य क्षेत्रभित्रका रणनीतिक सडक तथा पुलको मर्मतसम्भार गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।