अभियान लघुवित्तको समीक्षा गोष्ठी सम्पन्न

Share News

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको वार्षिक समीक्षा, भावी योजना तथा शाखा व्यवस्थापन तालिम धुलिखेलमा सम्पन्न गरेको छ ।

६० शाखाको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम थापाले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले लघुवित्त संस्थाले ग्राहकको पहिचान गरेर उनीहरूको आर्थिक तथा सामाजिक विकासको लागि कर्जा प्रवाह गर्नुपर्ने बताए । 

कार्यक्रममा सञ्चालकद्वय भोजराज भट्टराई र केशव थापाले शुभकामना मन्तव्य दिएका थिए भने प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

कार्यक्रममा कार्यकारी प्रमुख लम्साल, विभागीय प्रमुख चन्दन कुमार सरदार, टोपबहादुर थापा, चोपकान्त चौधरी लगायतले वार्षिक समीक्षा, भावी योजनासम्बन्धी कार्यमा सहजीकरण गरेका थिए । 

अनुगमन कार्यालय प्रमुखहरूबाट गत आर्थिक वर्षको उपलब्धि प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा शाखा प्रमुखहरूको सम्मानसमेत भएको थियो ।

कार्यक्रममा लघुवित्त विज्ञ उमा जोशी बोहराबाट शाखा व्यवस्थापनसम्बन्धी विभिन्न विधामा र इन्जिनियरबाट धितो मूल्यांकन सम्बन्धमा तालिम सञ्चालन भएको थियो । 

उक्त कार्यक्रम गत बिहीवारदेखि शनिवारसम्म सञ्चालन भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।