काठमाडौं । बुधवार मात्र शेयर बजार खुल्ने भएको छ । सार्वजनिक बिदाका कारण शेयर बजार २ दिन बन्द हुने भएको हो ।
सोमवार सरकारले रक्षाबन्धनमा सार्वजनिक विदा दिएको छ । यसकासाथै, गृह मन्त्रालयले मंगलवार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।
यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो । अब यो साता बुधवार र विहीबार मात्र शेयर कारोबार हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।