समृद्धि फाइनान्स जनकपुर शाखाको दोस्रो वार्षिकोत्सव

Share News

काठमाडौं। समृद्धि फाइनान्सको जनकपुर शाखाले बुधवार दोस्रोे वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा शाखा प्रबन्धक अमरकुमार चौधरीले संस्थालाई गरेको विश्वास र साथका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहयोगको निरन्तरताको अपेक्षा गरे । संस्थाले हाल १३ शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड लगायत डिजिटल सुविधा नि:शुल्क प्रदान गरिरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।