काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवार विशेष साधारणसभा गरेको छ । सभाले सृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । संस्थाले सृजनशील लघुवित्तसँग मर्ज गर्न अघिल्लो आर्थिक वर्ष मैै प्रक्रिया पूरा गरिसकेको थियो । विशेष कारणवश उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि डिमर्ज गरिएको बताइएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।