‘गुडलाइफ कोदो डाइजेष्टिभ’ बजारमा

Share News

विराटनगर। सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेको एसियन बिस्कुट उद्योगले कोदोको बिस्कुट उत्पादन गरी बजारमा ल्याएको छ । आमसर्वसाधरणमा कोदोको परिकारप्रति आकर्षण बढ्दै गएकाले कोदोको बिस्कुट उत्पादन गरिएको उद्योगी महेश जाजूले जानकारी दिए ।

अन्तरराष्ट्रिय बजारलाई समेत लक्षित गरी कोदोको बिस्कुट उत्पादन शुरू गरिएको उनले बताए । यसबाट नेपालको परम्परागत उत्पादनको रूपमा रहेको कोदोको खेतीले पनि बजार पाउने उनको अपेक्षा छ । कोदोको पिठोबाट उत्पादन गरिएको बिस्कुटको नाम ‘गुडलाइफ कोदो डाइजेष्टिभ’ राखिएको छ । बिस्कुटलाई सुगन्ध र बास्नादार बनाउन कोदोको पिठोमा अलैंची र दालचिनीको धूलो मिसाइएको बताइएको छ ।

सञ्चालक जाजूले बिस्कुटको भारतसहितका अन्तरराष्ट्रिय बजारमा पनि चासोसँगै माग बढेको बताए । ‘भारतमा बिस्कुटको नमूना पठाइसकिएको छ, माग पनि आउन थालेको छ, अहिले बजारको माग बमोजिम बिस्कुट उत्पादन भइरहेको छ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।