जनकपुरधाम उवासंघको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी

Share News

जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । भदौ २९ मा हुने संघको निर्वाचनमा निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, पूर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह र पूर्व कोषाध्यक्ष सुरेन्द्र भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी, संघको वरिष्ठ उपध्यक्षमा मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह, उपाध्यक्षमा लक्ष्मण साह र विश्वनाथ साह सुडी, महिला उपाध्यक्षमा रिंकु साह, माया कुमारी र सरिता ठाकुर, महासचिवमा फूलदेव पण्डित, गणेशकुमार साह र अशोककुमार चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव पदमा नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवणकुमार साह र गोपीकुमार साह, कोषाध्यक्षमा रामचन्द्र पजियार, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साहले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि एशोसिएट सदस्यमा दीपककुमार साह र अभिषेककुमार चौधरी, सदस्यहरूमा रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकरप्रसाद साह लगायतले उम्मेदवारी दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।