काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाबाट प्रस्ताव स्वीकृत भएसँगै बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको 'नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर' जारी गर्ने बाटो खुलेको हो ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार शेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् बैंकले ५ अर्ब रुपैयाँ बराबरको 'नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर' जारी गर्नेछ । बैंकहरूलाई लगानीयोग्य रकम जुटाउनको लागि राष्ट्र बैंकले बैंकहरूलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो । सोही व्यवस्थाअनुसार नबिल बैंकले पनि अग्राधिकार शेयर जारी गर्न लागेको हो ।
बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।