अलोई र हाम्रो साकोसबीच महिलालाई दुईपांग्रे गाडीको प्रशिक्षण र लाइसेन्सका लागि कर्जा दिनेसम्बन्धी सम्झौता

Share News

काठमाडौं । सफ्टवेयर प्लेटफर्म अलोई लिमिटेड र हाम्रो बचत तथा ऋण सहकारी संस्था (साकोस)बीच महिलालाई दुईपांग्रे गाडीको प्रशिक्षण र लाइसेन्सका लागि कर्जा दिनेसम्बन्धी सम्झौता भएको छ । 

महिलाको मुख्य पर्व तीजको अवसरमा उक्त सम्झौता गरिएको हो । सम्झौताअनुसार हाम्रो साकोसले महिलालाई विद्युतीय सवारी (ईभी)को प्रशिक्षण र लाइसेन्स लिनलाई ऋण दिनेछ । यसरी प्रशिक्षण लिएकालाई ईभी किन्न पनि ऋण दिने बताइएको छ । 

यसरी लिइएको ऋण अलोईको प्लेटफर्मबाट भुक्तानी गर्नुपर्नेछ । 

साथै अलोईले उक्त ऋणको सही सदुपयोग भए/नभएको पनि सुनिश्चित गर्ने बताइएको छ । 

लैङ्गिक समानता र महिलाको आर्थिक सशक्तीकरणका लागि उक्त सम्झौता गरिएको अलोईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
सम्झौता कार्यान्वयन भएपछि महिलाको वृत्ति विकासमा सहयोग पुगी उनीहरूको आर्थिक स्वतन्त्रतालाई बढावा दिने अलोईले जनाएको छ । 

सम्झौतापत्रमा एलोईका तर्फबाट सिनियर प्रडक्ट म्यानेजर विराट सिंह ठकुरी र हाम्रो साकोसका अध्यक्ष इन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।